अण्डरवर्ल्ड डन दाउद इब्राहिमका कैयौं अड्डामा छापा

डिसी नेपाल
३ फागुन २०७८ १२:५४
2.8k
Shares

काठमाडौं। अण्डरवर्ल्ड डन दाउद इब्राहिमका कैयौं अड्डामा छापा मारिएको छ । भारतको प्रवर्तन निर्देशनालय (इडी)ले मनी लण्ड्रिङसँग सम्बनिधत मामिलाको जाँचको लागि अण्डरवर्ल्ड डन दाउद इब्राहिमसँग सम्बन्धित कैयौं अड्डाहरुमा मुम्बइ र आसपासका क्षेत्रहरुमा छापा मारिरहेको छ ।

समाचार एजेन्सी एएनआइका अनुसार दाउद इब्राहिमकी बहिनी हसीना पारकरको घरमा इडीका अधिकारीहरुको एक टिमले मंगलबार बिहान छापा मारेका हुन् । मिडिया रिपोर्टका अनुसार दाउद इबहिमसँग सम्बन्धका विषयमा महाराष्ट्रका एक राजनेता पनि इडीको निशानामा छन् । इडीले नेताहरु र दाउदका कथित सहयोगीहरुको बीचमा पैसाको लेनदेनको पनि जाँच गरिरहेको छ ।

यसको १५ दिन पहिले राष्ट्रिय अनुसन्धान एजेन्सी एएनआइले दाउद इब्राहिम विरुद्ध एफआइआर दर्ता गरेको थियो । इडीको छापामारीका विषयमा शिवसेना सांसद संजय राउतले यदि इडीसँग जानकारी छ भने देशको सुरक्षाको लागि यस्तो गर्न सक्ने प्रतिक्रिया दिएका छन् । संजय राउतले भने ‘गुजरातमा देशको यति ठूलो बैंक घोटाला भयो त्यसलाई कसले दबाउने कोसिस गर्यो ? २ वर्षदेखि मामिलामा एफआइआर समेत भएन । मुख्य अपराधी कसरी भागे त्यो चिन्ताको विषय हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *