भारतीय टेस्ट कप्तान बन्दै ऋषभ पन्त !

डिसी नेपाल
४ फागुन २०७८ १२:३०
152
Shares

काठमाडौं। विराट कोहलीले भारतीय टीमका लागि तीनै प्रारूपको क्रिकेटमा कप्तानी छोडिसकेका छन्।

उनको ठाउँमा रोहित शर्माले एक दिवसीय र टी–२० क्रिकेटमा कप्तानी गरिरहेका छन्। कोहलीले एक्कासी टेस्ट टोलीको कप्तानी छोडेपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले टेस्टको नयाँ कप्तान कसलाई बनाउने भन्ने छलफलमा जुटेको छ।

कोहलीको ठाउँमा नयाँ टेस्ट कप्तानको रूपमा ऋषभ पन्त फिट रहेको भारतका पूर्व कप्तान सुनिल गावस्कर बताउँछन्। उनी भन्छन्, ‘पन्तबाट म पछिल्लो समय निकै प्रभावित भएको छु। र, अब उनलाई टेस्ट टोलीको कप्तानी दिनुपर्छ।’

पन्त एक मात्र स्टार खेलाडी हुन् जो नयाँ टेस्ट कप्तान बन्ने दावेदार छन् । पन्तले केप टाउनको कठिन पिचमा गत महिना दक्षिण अफ्रिकाविरुद्ध खेलेको टेस्ट सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरिजमा पन्तको आक्रामक खेल देखिएको थियो। पन्तको यो स्टाइललाई फ्यानहरूले मन पराएपछि उनलाई कप्तान बनाउने माग उठेको थियो ।

पन्त किन टेस्ट कप्तान बन्नुपर्छ ?

रोहित शर्मा अहिले ३४ वर्षका भइसकेका छन् । यदि बीसीसीआईले भविष्यको बारेमा सोचिरहेको छ भने शर्मालाई टेस्ट कप्तान बनाउन चाँहदैन्। उनी करियरको अन्ततिर आइपुगेका छन् । यस्तो अवस्थामा २४ वर्षीय पन्तले टेस्ट क्रिकेटको कप्तानी पाउन सक्छन्। कोहलीले २७ वर्षको उमेरमा टेष्टको कप्तानी पाएका थिए भने २९ वर्षको उमेरमा एकदिवसीय र टी–२० को कप्तानी पाएका थिए।

बीसीसीआईको लक्ष्य पन्तलाई नयाँ कप्तानको रुपमा तयार गर्ने हो। यदि भारतले नयाँ कप्तान बनाउने हो भने पन्त राम्रो विकल्प हुन्। उनले राम्रो प्रदर्शन गरिरहेका छन्। पन्तले वानडे र टी–२० खेलमा समेत राम्रो प्रदर्शन गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *