इन्टरविरुद्ध लिभरपुलको जित

डिसी नेपाल
५ फागुन २०७८ ७:१४
80
Shares

काठमाडौं। इंग्लिस क्लब लिभरपुलले यूइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेकाे छ। इटालीको सान सिरोमा बिहीबार बिहान भएको खेलमा लिभरपुलले २-० जित निकालेकाे हाे । उसका रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले १-१ गाेल गरे।

याेसँगै लिभरपुलले तीन अंक जोडेको छ। दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो। रोबर्टोले खेलको ७५औं मिनेटमा गोल गरे । ८३औं मिनेट सलाहले गोल गर्दा लिभरपुल अन्तिम आठ नजिक रह्यो। अब दोस्रो लेगका लागि लिभरपुलले इन्टरलाई २२ मार्चमा आतिथ्य गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *