कपिल शर्माले गरे नयाँ फिल्मको घोषणा, यी हुनेछिन् हिरोइन
काठमाडौं। कमेडी किंग कपिल शर्माले नयाँ फिल्मको घोषणा गरेका छन् । लेखिका, निर्देशक तथा निर्मात्री नन्दिता दासले आफ्नो आगामी फिल्मको लागि कपिल शर्मासँग हात मिलाएकी हुन् । यो फिल्ममा कपिल शर्मा खानेकुरा घरघरमा पुर्याउने डेलिभरी ब्वायको भूमिकामा हुनेछन् ।कपिल शर्माको अपोजिट अभिनेत्री शहाना गोस्वामी हुनेछिन् । फिल्ममा शहानाले कपिलकी पत्नीको भूमिका निभाउनेछिन् ।
यो फिल्मलाई अप्लज इन्टरटेमेन्ट र नन्दिता दास इनिसिएटिभ्सले निर्माण गर्दैछ । यो महिनाको अन्त्यमा ओडिशाको भुवनेश्वरमा फिल्मको सुटिङ सुरु गरिनेछ । कपिल शर्माले यो प्रोजेक्टलाई लिएर आफू उत्साहित भएको बताएका छन् । नन्दिता दासका अनुसार यो फिल्ममा आम मानिसको नजरमा के लुकिरहेको छ भन्ने देखाउन खोजिएको छ । शहानाले पनि फिल्मका विषयमा आफू उत्साहित भएको बताएकी छिन् ।







डिसी नेपाल








Facebook Comment