कास्कीमा सिनेमा हल र रात्रीकालीन व्यवसाय खुला

डिसी नेपाल
६ फागुन २०७८ २०:२०
48
Shares

कास्की । जिल्लामा कोरोना सङ्क्रमणमा कमी आएपछि प्रशासनले यसअघि रोक लगाएका व्यवसाथ तथा सेवा सञ्चालनको अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आज सूचना जारी गरी पछिल्ला दिनमा जिल्लाको सङ्क्रमण दरमा कमी आएकाले यसअघिको आदेशमा सञ्चालन रोक लगाइएका व्यवसायलाई स्वास्थ्य मापदण्डको पालना गर्ने गरी खुला गरिएको जनाएको हो ।

प्रशासनले सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके बजार, स्पा सेन्टर र व्यूटीपार्लरलगायत पेशा व्यवसाय खोल्न अनुमति दिएको हो । यसैगरी डान्सबार, दोहोरी, नाचघर, क्लब र रेष्टुरेण्टलगायत रात्रीकालीन व्यवसाय तोकिएका स्वास्थ्य सुरक्षा मापण्ड पालना गरी राति १२ बजेसम्म सञ्चालन हुने गरी खुला गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए।

उहाँका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको आजको बैठकले जिल्लामा थप सेवा तथा व्यवसाय सञ्चालन गर्ने सक्ने गरी अनुमति दिने निर्णयानुसार रात्रीकालीन व्यवसाय खुला गरिएको हो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सहितको सङ्क्रमण रोकथाम तथा नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन भन्दै प्रशासनले गत पुस अन्तिम सातादेखि जिल्लामा निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

पछिल्लो समय कोरोना घट्दै गएपछि गत फागुन १ गतेदेखि विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न प्रशासनले अनुमति दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.