जीवन विकास लघुवित्तले गयो बम्पर लाभांश दिने घोषणा

डिसी नेपाल
८ फागुन २०७८ १२:०१
100
Shares

काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई बम्पर लाभांश दिने घोषणा गरेको छ । शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ७० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै, बोनसमा लाग्ने कर तिर्न ३.६८ प्रतिशत नगद लाभांश दिने भएको छ।

संस्थाले ७० प्रतिशतले हुन आउने ४२ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ ।कर प्रयोजनार्थ २ करोड २४ लाख १४ हजार ७ सय ३६.८४ रुपैयाँ नगद खर्च गर्ने भएको छ।

प्रस्तावित लाभांश नियामक निकाय राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाबाट पारित भए पश्चात सेयरधनीलाई वितरण गर्ने भएको छ। हाल कम्पनीको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपियाँ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.