मनाङ एघार वर्षपछि एनआरटीसँग पराजित

डिसी नेपाल
८ फागुन २०७८ १९:५७
60
Shares

काठमाडौं । कीर्तिमानी आठ पटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग बिजेता मनाङ मर्स्याङ्दी क्लब एघार वर्षपछि न्युरोड टिम एनआरटीसँग पराजित भएको छ ।

आइतबार त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मेसुके ओलोमोउको गोल निर्णायक बन्दा मनाङ एनआरटीसँग १-० अन्तरले पराजित भएको हो । खेलको २६ औं मिनेटमा मेसुकेले गोल गरे ।

पछिल्लो पटक एनआरटीले मनाङलाई ०६६/०६७ को लिगमा हराएको थियो । मनाङ ११ वर्ष पछि नै लगातार दुई खेलमा पराजित भएको हो। अघिल्लो खेलमा एपीएफसँग मनाङ पराजित भएको थियो ।

जितसँगै एनआरटीले १२ खेलमा २० अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । मनाङ भने १२ खेलमा २० अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *