सत्तामा टाँसिइरहन जनताको आँखामा कहिलेसम्म छाराे हाल्ने प्रचण्ड?
फाइल फाेटाे।
काठमाडौं। आइतबार अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभामा टेबल गरिँदासम्म माओवादीका अनेक रुप देखिए।
माओवादी सिंगो पार्टीको भन्दा पनि विशेषतः माओवादी अध्यक्ष प्रचण्डका नौरंगी रुप देखिए। आइतबार दिनभर प्रचण्ड साँच्चै ‘औतारी’ थिए। माओवादी अध्यक्ष प्रचण्ड बिहानै सत्ता गठबन्धनको बैठकमा पुगे।
उनले बैठकमा सत्ता गठबन्धनका दलहरुसँग एमसीसी अनुमोदन गर्ने प्रस्ताव संसदबा टेबल गर्न सहमति जनाए। प्रचण्डको सहमति अनुसार नै सत्ता गठबन्धनले प्रस्ताव संसदमा पेश गर्ने तयारी थाल्यो। यही बीचमा प्रचण्डले यो सहमति विपरितको अर्को खेल खेले।
उनले अघिल्लो प्रतिनिधिसभा बैठकमै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई अनुपस्थित हुन निर्देशन दिएका थिए। उनकै निर्देशनअनुसार अर्थमन्त्री शर्मा ‘बिरामी’ भएर बैठकमा गएका थिएनन्।
यस पटक प्रचण्डले सत्तारुढ दलको बैठकमा प्रस्ताव संसदमा पेश गर्ने सहमति गरिसकेपछि पनि अर्थमन्त्री शर्मा ‘निको’ भएनन्। एमसीसी परियोजनाको सम्झौता अर्थ मन्त्रालयमार्फत हुने भएकोले विभागीय मन्त्रीको हैसियतमा अर्थमन्त्रीले नै यो प्रस्ताव संसदमा पेश गर्नुपर्ने थियो।
तर, अर्थमन्त्री अनुपस्थित भएपछि संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो प्रस्ताव संसदमा पेश गरे। संयोगले यो सम्झौता सुरु गर्ने तत्कालीन अर्थमन्त्री पनि उनै थिए। आइतबार प्रचण्ड साँच्चै औतारी देखिए। उनले फेरि रंग फेरे।
गठबनधनको बैठकलगत्तै उनी संसद भवन नयाँवानेश्वर पुगे। त्यहाँ सभामुख अग्निप्रसाद सोपकोटालाई आफूले सत्ता गठबन्धनमा प्रस्ताव संसदमा पेश गर्ने सहमति गरेकोले प्रस्ताव कार्यसूचीमा राख्न ‘निर्देशन’ दिए।
प्रचण्डको निर्देशन बमोजिम सभामुख पनि प्रस्ताव बैठकमा लैजान तयार भए। उनै सभामुखले यसअघिको बैठकमा गठबन्धनमा सहमति नभइ प्रस्ताव पेश नगर्ने भन्दै बैठकमै अनुपस्थित भएका थिए।
एमसीसीबारे माओवादीको धारणा के हो? सारमा हेर्दा अहिले सिंगो माओवादी एमसीसीको विपक्षमा देखिएको छ। पार्टीले आधिकारिक रुपमा बैठकबाटै एमसीसीको विरोध गर्ने निर्णय गरिसकेको छ। संसदीय दलको बैठकबाटै एमसीसी अगाडि नबढाउने र जबरजस्ती संसदमा पेश गरिए सरकार छाड्ने निर्णय गरिसकेको छ।
सभामुखले अघिल्लो बैठकअघि भनेका कुराका आधारमा यस पटक गठबन्धनमा सहमति भएको थियो भन्ने प्रस्ट हुन्छ। जब प्रस्ताव संसदमा पेश भयो त्यसपछि बैठकमा पार्टीका प्रमुख सचेतक देव गुरुङले प्रस्तावको विरोध गरे।
उनले समय लिएर यसको विरोध गर्दै प्रस्ताव संसदमा टेबल नगर्न भने। तर, गुरुङको आग्रह उनकै पार्टीका सभामुखले मानेनन् र प्रक्रिया अगाडि बढाए। बैठकमा प्रचण्ड स्वयं उपस्थित थिए त प्रचण्डले यसबारे केही पनि बोलेनन्।
प्रस्ताव संसदमा टेबल भयो र यसको अर्को कारवाही फागुन १२ गते हुने जानकारीसहित सभामुखले बैठक स्थगित गरे। प्रचण्ड नयाँवानेश्वरबाट खुमलटार पुगे। खुमलटार पुगिसम्दासम्म पनि प्रण्चड ‘छेपारो’ प्रभावबाट मुक्त भइसकेका थिएनन्।
‘छेपारो ह्याङओभर’मै उनले ट्वीटरमा लेखे ‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ। एमसीसी टेबल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’
सडकमा उत्रिएका प्रदर्शनकारीहरु पनि प्रचण्डकै पार्टी माओवादीका कार्यकर्ता हुन्। यसबाहेक अरु दलका कार्यकर्ता पनि सडकमा थिए। पार्टीका कार्यकर्ता पार्टीको शीर्ष नेतृत्वको निर्देशनबिना सडकमा उत्रिने कुरा त हुँदैन। शीर्ष नेतृत्व प्रचण्ड हुन् अर्थात ती कार्यकर्ता प्रचण्डले नै सडकमा उतारेका थिए।
कार्यकर्ताले उठाएका एजेण्डा पनि सम्भवतः प्रचण्डले नै उनीहरुलाई दिएका थिए। बिहान कार्यकर्ता सडकमा उत्रिने तयारी गर्दै थिए र त्यही समयमा प्रचण्डले आफूले जुन एजेण्डा दिएर कार्यकर्तालाई सडकमा उत्रिन भनेका थिए त्यसको ठिक विपरित एमसीसी संसदमा टेबल गर्ने सहमति गर्दै थिए।
बेलुका ट्वीट गर्ने क्रममा प्रचण्डले अन्तिममा लेखेका छन् ‘एमसीसी टेबल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’
विवाद र बिरोधका बीच सरकारले MCC टेबुल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले MCC का विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ।
MCC टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
— ☭ Comrade Prachanda (@cmprachanda) February 20, 2022
अर्थात प्रहरीले प्रचण्डका कार्यकर्तामाथि दमन गरेछ। प्रहरी कसको? सरकारको, प्रहरीलाई प्रदर्शनकारीमाथि दमन गर्ने निर्देशन कसले दियो? सरकारले। सरकार कसको? प्रचण्डको, किनकि उनी सत्ता साझेदार हुन्। त्यसो भए प्रचण्डको कार्यकर्ता कुट्ने को? स्वयं प्रचण्ड। अनि आफ्ना कार्यकर्तालाई निर्घात कुट्ने सरकार प्रचण्डले किन छोड्न सक्दैनन्? यहाँ प्रचण्डको स्वार्थ छ।
स्थानीय तहको चुनाव घोषणा भइसकेको छ। करिब ३ वर्षसम्म एमालेमा विलय भएर पछि अलग्गिएको उनको पार्टीको तल्लो तहसम्म संगठन छैन। संगठन नभएको पार्टी चुनाबमा गयो भने बढारिन्छ। त्यसैले उनी एक्लै चुनाबमा जाने हिम्मत गर्न सक्दैनन्।
उनलाई चुनाबमा जान गठबन्धन चाहिएको छ । उनी अहिलेको सत्तारुढ गठबन्धनलाई नै चुनाबी गठबन्धन बनाउन चाहन्छन् किनकि उनलाई एमाले अध्यक्ष केपी ओलीसँग पनि साटो फेर्नु छ। गठबन्धनमा एमसीसी विरोधी कुरा गरे त गठबन्धन भत्किन्छ त्यसैले उनले त्यहाँ सहमति जनाए र बाहिर कथित ‘राष्ट्रवादी’ देखिन एमसीसीको विरोध गर्दैछन्।
आइतबार माओवादी पार्टीकै अनेक रुप देखिए। सत्ता गठबन्धनको बैठकमा अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता पारित गर्नका लागि संसदमा पारित गर्ने सहमति गरे अर्थात उनी उमसीसीको पक्षमा देखिए।
दिउँसो प्रचण्डकै निर्देशन अनुसार प्रतिनिधि सभा बैठकमा माओवादीकै सभामुखले एमसीसी प्रस्ताव संसदबाट अनुमोदन गरियोस भन्ने प्रस्ताव पेश गर्न अनुमति दिए अर्थात प्रचण्डले उनलाई पनि एमसीसीको पक्षमा ल्याए।
प्रहरी कसको? सरकारको, प्रहरीलाई प्रदर्शनकारीमाथि दमन गर्ने निर्देशन कसले दियो? सरकारले। सरकार कसको? प्रचण्डको, किनकि उनी सत्ता साझेदार हुन्। त्यसो भए प्रचण्डको कार्यकर्ता कुट्ने को? स्वयं प्रचण्ड। अनि आफ्ना कार्यकर्तालाई निर्घात कुट्ने सरकार प्रचण्डले किन छोड्न सक्दैनन्? यहाँ प्रचण्डको स्वार्थ छ।
तर, बैठकमा पार्टीमा सचेतक देव गुरुङले एमसीसी टेबल नगर्न भने अर्थात उनी चाहिँ विपक्षमा देखिए। र, बेलुकी पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पनि एमसीसीको विपक्षमा विज्ञप्ति निकाले।
यहाँनिर प्रश्न उठ्छ एमसीसीबारे माओवादीको धारणा के हो? सारमा हेर्दा अहिले सिंगो माओवादी एमसीसीको विपक्षमा देखिएको छ। पार्टीले आधिकारिक रुपमा बैठकबाटै एमसीसीको विरोध गर्ने निर्णय गरिसकेको छ। संसदीय दलको बैठकबाटै एमसीसी अगाडि नबढाउने र जबरजस्ती संसदमा पेश गरिए सरकार छाड्ने निर्णय गरिसकेको छ।
एमसीसी त माओवादीकै सभामुखको अनुमतिमा संसदमा पेश भइसक्यो, माओवादीले सरकार छाडेको खै? माओवादीका नेता कार्यकर्ताको कुरा सुन्दा पार्टीको आधिकारिक लाइन एमसीसी संसदमा पेश नै नगर्ने हो।
यसको अर्थ आइतबार बिहान प्रचण्डले पार्टीको आधिकारिक लाइन विपरित सत्ता गठबन्धनमा सहमति गरेका हुन्। पार्टीको आधिकारिक लाइनको विरुद्ध जानेलाई पार्टीले कारवाही गर्ने राजनैतिक परम्परा रहिआएको छ।
भलै पार्टीविरुद्ध जाने पार्टी प्रमुख नै किन नहोस्। नेपाली कांग्रेसले पार्टीविरुद्ध गएको भन्दै आफ्नै अध्यक्ष मातृकाप्रसाद कोइरालालाई साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेको इतिहास हाम्रै नेपालमा छ। के माओवादीसँग प्रचण्डलाई कारवाही गर्ने हिम्मत छ?
प्रचण्डमाथि लगाउन मिल्ने अभियोगहरु धेरै छन्। उनले पार्टीको निर्णय विपरित सत्ता गठबन्धनमा सहमति गरेका छन्। आफैंले निर्देशन दिएर सडकमा विरोध प्रदर्शनका लागि उतारेका कार्यकर्ताको टाउको फुटाउन आफू सरकारमा बसेर प्रहरीलाई निर्देशन दिएका छन्।
आफ्नै कार्यकर्ताले कुटाइ खाएको टुलुटुलु हेरेर बसेका छन्। यी अभियोगमा प्रचण्डलाई कारवाही किन नगर्ने? प्रचण्डले पछिल्लो समय केही कार्यकर्तालाई भेडा बनाएर उकासेर बली दिने काम मात्रै गरिरहेका छन्। सत्ताको निम्ति कार्यकर्ताको बली दिने काम कहिले रोक्ने?







डिसी नेपाल








Facebook Comment