नेपाली बलरसामु टिक्न सकेनन् क्यानडाका ब्याट्सम्यान, दियो ८१ रनको लक्ष्य
काठमाडौं । आईसिसी टी-२० विश्वकपको छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।
नेपालका बलरसामु क्यानडाका ब्याट्सम्यान निरीह बनेका छन् । क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनाएको छ । नेपाललाई ८१ रनको टार्गेट दिएको छ ।
टस जितेर पहिला ब्याटिङ गरिरहेको क्यानडाका ब्याटर नेपालका खेलाडीसामु खुलेर खेल्न सकेनन् । १० ओभरको समाप्तिसम्म क्यानडाले आफ्ना महत्वपूर्ण आठ विकेट गुमाइसकेको थियो ।
क्यानडाले १० ओभरमा ८ विकेट गुमाएर ४८ रन बनाएको थियो । क्यानडाविरुद्ध सन्दीप लामिछाने र कमलसिंह ऐरी हाबी देखिए । सन्दीपले तीन विकेट लिए ।
यस्तै, कमलसिंह ऐरी र अभिनाश बोहराले समान दुई विकेट लिए ।
आजको खेल जिते नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइलनमा प्रवेश गर्नेछ । छनोटका समूह ‘ए’ बाट आयरल्यान्ड र सयुक्त अरब इमिरेट्स (यूएई) सेमिफाइलनमा प्रवेश गरिसकेका छन् ।







डिसी नेपाल







Facebook Comment