नेपाल बारको निर्वाचन प्रक्रिया सुरु, आज मतदाता नामावली सार्वजनिक हुने
काठमाडौं। नेपाल बार एशोसियसनको निर्वाचन प्रक्रिया सुरु भएको छ। आगमी १९ चैतमा नयाँ नेतृत्वका लागि चुनावका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु भएको हो।
निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन गरेसँगै बार एशोसिएसनको निर्वाचन प्रक्रिया सुरु हुनेछ । १९ चैतमा हुने निर्वाचनवाट १ अध्यक्ष, ८ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष र १४ जना सदस्यसहित केन्द्रीय नेतृत्व चयन गर्ने समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन भए पछि १३ फागुन भित्र मतदाता नामावलीमा दाबी विरोध गर्न सकिनेछ भने सो प्रक्रिया आरम्भ भएको ५ दिन पछि १९ फागुनमा जाँचबुझ गरी २० फागुनमा अन्तिम नामावली प्रकाशन गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment