सर्वाेच्च अदालतद्वारा एमसीसीविरुद्धको रिट दरपीठ
काठमाडौं। सर्वाेच्च अदालतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)विरुद्ध परेको रिट दरपीठ गरिदिएको छ।
सरकारले संसदमा पेस गरेको एमसीसीविरुद्ध वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेस गरेको रिटलाई सर्वाेच्चले दरपीठ गरेको हो।
संसदमा पेस भइसकेकाले अब संसदको विशेषाधिकारमा पर्ने भन्दै सर्वाेच्चले सो रिटलाई दरपीठ गरेको हो। अदालतमा दर्ता हुन आएको मुद्दा दर्ता हुन नसक्ने भएमा कारण खुलाएर दर्ता हुन नसक्ने जानकारी सम्बन्धित पक्षलाई गराउने गरिन्छ, यसलाई नै दरपीठ भनिन्छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment