भारतीय सेनामा कार्यरत नेपाली परिवारको कल्याणको लागि भारतले काम गर्छः भारतीय राजदूत क्वात्रा

डिसी नेपाल
१० फागुन २०७८ १४:३३
140
Shares

काठमाडौं। नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले भारतीय सेनामा कार्यरत नेपालीको परिवारको कल्याणमा भारतले काम गर्ने बताएका छन् ।

भारतको ७४ औं सेना दिवसको अवसरमा मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गोर्खा सैनिकप्रति कृतज्ञता समेत प्रकट गरे ।

‘भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै वहाँ ९क्वात्रा०ले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका तिनका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता दोहो¥याउनुभयो,’ भारतीय दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा राजदूत क्वात्राले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरेका थिए ।दूतावासले मंगलबार आयोजना गरेको कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा प्रमुख अतिथिका रुपमा रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.