४७६ जना कोरोना सङ्क्रमित थपिए, ३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार ४२४ जनामा परीक्षण गर्दा ४७६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ६०४ जनामा पीसीआर परीक्षण गरिएकोमा २९९ जनामा र २ हजार ८२० जनामा एन्टीजेन परीक्षण गर्दा १७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ लाख ७ हजार १८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा ८३१ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२८ पुगेको छ ।
यसैगरी देशमा हालसम्म १० हजार ७४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।







डिसी नेपाल








Facebook Comment