प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे ओली
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओली मंगलबार साँझ बालुवाटार पुगेका हुन्।
साँझ साढे ६ बजे ओली बालुवाटार पुगेका हुन् । अहिले बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता जारी छ।
भेटका क्रममा उनीहरूबीच एमसीसी र वर्तमान राजनीति विषयमा छलफल हुने ओलीको सचिवालयले जनाएको छ । ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रम र एमसीसीको विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment