प्रधानमन्त्री देउवा र ओलीबीच को भेटवार्ता जारी, पोखरेल र रिमाल पनि सहभागी

डिसी नेपाल
१० फागुन २०७८ २०:२९
124
Shares

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता जारी रहेको छ।

मंगलबार डेढ घण्टा यता नेताहरुबीच छलफल भइरहेको छ । साँझ ६:३० बजे एमाले अध्यक्ष ओली बालुवाटार प्रवेश गरेका थिए ।
ओलीसँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव विष्णु रिमाल पनि छलफलमा रहेका छन् ।

भेटका क्रममा उनीहरूबीच एमसीसी र वर्तमान राजनीति विषयमा छलफल हुने ओलीको सचिवालयले जनाएको छ ।

ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रम र एमसीसीको विषयमा छलफल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.