आन्दोलनकारीले तोडफोड गरेको बुटिकको क्षति सरकारले हेर्छः गृहमन्त्री खाँण

डिसी नेपाल
१० फागुन २०७८ २३:१६
80
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनकारीले तोडफोड गरेको बुद्धनगरस्थित जानकी श्रेष्ठको बुटिकको क्षति सरकारले हेर्ने बताएका छन् । श्रेष्ठलाई आज टेलिफोन गरी गृहमन्त्री खाँणले साथमा सरकार रहेकाले नआत्तिन आग्रह गरेका छन् ।

श्रेष्ठसँग गृहमन्त्रीले गरेको कुराकानी उद्धृत गर्दै उँनका प्रेस संयोजक मधुसुदन भट्टराईले भने, “तपाईंको क्षति सरकारले हेर्छ, सरकार तपाईंको साथमै छ, नआत्तिनुस् ।”

यसअघि आजै काठमाडौँका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख पुगेर उँनको क्षतिबारे स्थलगत निरीक्षण गरेका छन् । आइतबार एमसीसी(मिलिनियम च्यालेन्ज कर्पोरेशन) सम्झौता संसद्मा टेबुल भएपछि प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले प्रहरी उक्त बुटिकमा पसेको भन्दै तोड्फोड गरेका थिए ।

स्थानीय प्रशासन नै आएर निरीक्षण गरेपछि थोरै भए पनि राहत महसुस भएको श्रेष्ठले बताएकि छिन् । उनले अझै पनि आन्दोलनकारीले आफूलाई ‘टर्चर’ दिने गरेको बताईन् । प्रजिअ गोविन्दप्रसाद रिजालले ज्यान जोखिममा राखेर प्रहरी जोगाएकामा धन्यवाद दिए। उनले छ प्रहरीलाई आफूले लुकाएर बचाएको जानकारी दिईन्। पसलको क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा प्रस्ताव पेश गर्ने प्रजिअ रिजालले आश्वासन दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.