ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
सुनसरी। सुनसरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकले ठक्कर दिँदा स्थानीय ६० वर्षीय भरत सहनीको मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएका थियो । गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको कार्कीले जानकारी दिए ।
ट्रक चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment