बुधबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
११ फागुन २०७८ ९:४२
508
Shares

काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५१ पैसा र बिक्री दर १२० रुपैयाँ ११ पैसा कायम गरेको छ । मंगलबार अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९२ पैसा र बिक्री दर ११९ रुपैयाँ ५२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ ५० पैसा र बिक्री दर १३६ रुपैयाँ १८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ ३७ पैसा र बिक्री दर १६३ रुपैयाँ १९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ २१ पैसा र बिक्री दर १३० रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २६ पैसा र बिक्री दर ८६ रुपैयाँ ७० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८५ पैसा छ भने बिक्री दर ९४ रुपैयाँ ३३ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४१ पैसा र बिक्री दर १० रुपैयाँ ४६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८७ पैसा र बिक्री दर १८ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८५ पैसा र बिक्री दर ३२ रुपैयाँ ०१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८२ पैसा र बिक्री दर ३२ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७० पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०१ पैसा र बिक्री दर १० रुपैयाँ ०६ पैसा कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.