झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

डिसी नेपाल
११ फागुन २०७८ ११:३३
52
Shares

काठमाडौं। झापाको मेचीनगर नगरपालिका–७ मा मंगलबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मेचीनगर–८ का १९ वर्षीय श्याम मगरको उपचारका क्रममा बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मे १० प २२ ३२ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेका मगरलाई मंगलबार बेलुकी पौने ८ बजे ठक्कर दिएको थियो ।

मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.