नयाँ सारथी लघुवित्तले २० प्रतिशत लाभांश दिँदै

डिसी नेपाल
११ फागुन २०७८ १३:०३
36
Shares

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै बोनसमा लाग्ने कर तिर्न  १ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

कम्पनीले २०७७ साल असोज ५ गतेपछि शेयर खरीद गर्ने शेयरधनीहरुको लागि मात्र बोनसमा लाग्ने कर तिर्न नगद दिएको हो।  साविक सारथी लघुवित्त वित्तीय संस्था र नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाविच मर्जर प्रकृया सम्पन्न गरी नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको नामबाट २०७७ साल असोज ५ गतेदेखि एकीकृत कारोबार शुरु गरेका थिए ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भइ आगामी साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.