एभरेष्ट इन्स्योरेन्सले लाभांश दिँदै

डिसी नेपाल
११ फागुन २०७८ १३:४०
72
Shares

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । साथै, बोनसमा लाग्ने कर तिर्न ०.३१५८ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

कम्पनीले ६ प्रतिशतले हुन आउने एक अर्ब १८ करोड ३६ लाख चार हजार ४०० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ। कर तिर्न ०.३१५८ प्रतिशतले हुन आउने ७ करोड १० लाख १६ हजार २६४ रुपैयाँ बराबरको नगद लाभांश खर्च गर्ने भएको छ ।

प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुने कम्पनीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.