एनएमबी बैंकले ल्यायो नयाँ बचत खाता, यस्ता छन् विशेषता

डिसी नेपाल
११ फागुन २०७८ १४:२१
264
Shares

काठमाडौँ — एनएमबी बैंकले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता ‘यू–वाह्, डीजी सेभिङ’ योजना संचालनमा ल्याएको छ । यो खाता १८ वर्षदेखि ४० वर्ष उमेर समूहका सबै नेपाली (युवा) नागरिकले खोल्न सक्नेछन् ।

एनएमबी बैंकले यो खाता अन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्ने जनाएको छ । साथै मेरो सेयर, डिम्याट र आस्वा नि:शुल्क उपलब्ध गराउने जनाएको छ । त्यसैगरी यस योजना अन्तर्गत बैंकले ओम्नी च्यानल बैंकिङ्ग, क्रेडिट कार्ड र डलर कार्ड (साथै डलर टप–अप) मा नि:शुल्क सुविधा सहित डिजिटल कारोबारमा नि:शुल्क अन्तर बैंक फण्ड ट्रान्सफर (एबीबीएस) र वार्षिक १ हजार २०० सम्मको क्यास ब्याक योजना जस्ता आकर्षक सुविधा दिइने बताइएको छ ।

यसका अतिरिक्त, बैंकले उच्च शिक्षामा जान चाहने विद्यार्थीहरूलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट पनि उपलब्ध गराउने जनाएको छ । बैंकले हाल देशभर २०१ शाखा, १३९ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.