नेप्से १५.५० अंकले घट्दा पनि यी कम्पनीका लगानीकर्ताले कमाए मनग्य नाफा
काठमाडौं । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार घटेको छ । बुधबार नेप्से परिसूचक १५.५० अङ्कले घट्दा २ हजार ७२०.४३ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब १३ करोड १२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा नेपाल दुरसंचार कम्पनी रहेको छ । यस कम्पनीको २१ करोड ४९ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार ७ सय ७९ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : घलेम्दी हाइड्रो र हिमालयन डिस्टिलरीको कारोबार भएको छ ।
आज नेप्सेमा हाइड्रो पावरका लगानीकर्ताले अधिक आम्दानी गरेका छन्। दिब्यश्वोरी हाइड्रोपावर र युनाइटेड इदी मादी आरडी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। साथै, घलेम्दी हाइड्रो, तेहथुम पावर कम्पनी र रुरु जलबिद्युत आयोजनाका साथै अन्य कम्पनीका लगानीकर्ताले अत्यधिक कमाएका छन्।

यता, प्रभु बैंक ऋणपत्र, नेपाल फाइनान्स, सपोर्ट माइक्रो फाइनान्स, गुराँस लघुवित्त बित्तिय संस्थार लक्ष्मी इक्युती फण्डका लगानीकर्ताले अधिक गुमाएका छन् ।








डिसी नेपाल








Facebook Comment