कांग्रेसका सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशन

डिसी नेपाल
११ फागुन २०७८ १६:५५
36
Shares

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।

संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरुलाई निर्देशन गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिईन्। आइतबारको संसद् बैठकमा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्बन्धी प्रस्तावमाथि बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हँुदैछ ।

एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ । ठूला राजनीतिक दलमध्ये हालसम्म कांग्रेस मात्र स्पष्ट रुपमा खुलेर एमसिसीका पक्षमा देखिएको छ । सरकारले अन्य दललाई पनि एमसिसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्दै छलफलको प्रयास जारी राखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.