गायक लामाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नाचघरमा राखिने

डिसी नेपाल
११ फागुन २०७८ १९:४५
516
Shares

काठमाडौं । लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको शव अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ ।

भोलि बिहान १० बजेदेखि १२ बजेसम्म श्रद्धाञ्जलीका लागि शव नाचघरमा राख्न लागिएको कलाकार कलाकार दिपाश्री निरौलाले जानकारी दिइन् ।

गायक लामाको आज बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा असामयिक निधन भएको थियो ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले गायक लामाको निधनप्रति दुःख व्यक्त गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.