माने र सलाह चम्किँदा लिभरपुलको आधा दर्जन गोल

डिसी नेपाल
१२ फागुन २०७८ ८:३४
340
Shares

काठमाडौं। अट्याकरद्वय साडियो माने र मोहम्मद सलाह चम्किएको खेलमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडलाई आधा दर्जन गोल गरेको छ।

लिभरपुल घरेलु मैदान एनफिल्डमा भएको खेलमा दुबै हाफमा ३-३ गोल हुँदा लिभरपुलले ६-० अन्तरको सहज जित निकाल्यो । लिभरपुलको जितमा माने र सलाहले दुई दुई गोल गर्दा जोएल माटिप र भान डाइकले एक एक गोल गरे।

जितसंगै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको दूरी तीन अंकमा झारेको छ। लिभरपुल २६ खेलबाट ६० अंक जोड्दै दोस्रो स्थानमा छ । पराजित लिड्स २५ खेलबाट २३ अंक सहित १५औं स्थानमा छ। सिटी भने २६ खेलबाट ६३ अंक सहित शीर्षस्थानमा छ।

बुधबार राति भएको अन्य खेलमा क्रिस्टल प्यालेसले वाट्फोर्डलाई ४-१ अन्तरले पराजित गर्दा वर्नलीले टोटनहमलाई १-० अन्तरले पराजित गर्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *