संसद भवनमा प्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल

डिसी नेपाल
१२ फागुन २०७८ १५:११
284
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै संसद भवनमै देउवा र ओली छलफलमा जुटेका हुन्।

संसदमा विचाराधीन एमसीसी सम्झौतालाई अनुमोदन गराउन प्रधानमन्त्री देउवाले नेकपा एमालेको साथ खोजेको छन्। सत्ता गठबन्धनमा सहभागी दलले एमसीसीकाे विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष एमालेकाे सहयाेगकाे अपेक्षामा छन्।

भेटवार्तामा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.