सहज जितसँगै बार्सिलोना अन्तिम १६ मा

डिसी नेपाल
१३ फागुन २०७८ ७:४३
204
Shares

काठमाडौं। इटालीयन नेपोलीलाई दोस्रो लेगमा ४-२ अन्तरले पराजित गर्दै बार्सिलोना युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ। नेपोलेको घरेलु मैदानमा सहज जित निकालेको क्याटलान क्लब बार्सिलोना समग्रमा ५-३ ले विजयी हुँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो। बार्सिलोनामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो।

बार्सिलोनाको जितमा जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके र पिएरे इमरिक औवामियाङले गोल गरे। नेपोलीका लोरेन्जो इन्सिग्ने र माथेओ पोलिटानो ले सान्त्वना गोल गरे।

खेलको आठौं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। १३औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । २३औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए।

४५औं मिनेटमा जेरार्ड पिकेले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३–१ को अग्रता बनायो। ५९औं मिनेटमा पिएरे इमरिक औवामियाङले चौथो गोल गरे । उनको पछिल्लो दुई खेलमा ४ गोल गरिसकेका छन् । ८७औं मिनेटमा माटियो पोलिटानोले गोलपनि टोलीको हार टार्न सकेनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *