कर्पोरेट डेभलपमेन्ट बैंकको ३० लाख कित्ता हकप्रद सेयर भने आज अन्तिम मौका
काठमाडौं। कर्पोरेट डेभलपमेन्ट बैंकको १५० प्रतिशत हकप्रद सेयर भर्ने आज अन्तिम दिने रहेको छ । कम्पनीको यस हकप्रद सेयरमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ ।
बैंकले माघ ७ गतेदेखि ३० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। बैंकले हाल कायम चुक्ता पुँजीको १५० प्रतिशत अर्थात १ः१.५ को अनुपातमा ३० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेको हो। यस हकप्रद सेयरमा पुस २५ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्ने छन्।
बैंकको यस हकप्रदमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्ने भएको छ । कम्पनीको उक्त हकप्रद सेयरमा लगानीकर्ताले सिभिल क्यापिटल मार्केट तथा सिभिल बैंकको शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै,नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।







डिसी नेपाल








Facebook Comment