५ अर्बले घट्यो निक्षेप संकलन, सीडी रेसियो कति ?
काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन एकदिनमा ५ अर्बले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फाल्गुण ११ गते निक्षेप ५ अर्बले घटेर ४८ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । फाल्गुण १० गते बैंकहरूको निक्षेप ४८ खर्ब ७८ अर्ब रहेको थियो।
एता, बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) भने केहि बढेको छ। बैंकको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.२९ प्रतिशत रहेकोमा फाल्गुण ११ गते सम्म बढेर ९०.३९ प्रतिशत पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप घटे पनि कर्जा लगानी भने बढेको छ । फाल्गुण ११ गते ७ अर्बले कर्जा लगानी बढेर ४६ खर्ब ८५ अर्ब पुगेको छ। फाल्गुण १० गते कर्जा लगानी ४६ खर्ब ८४ अर्व रहेको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै वाणिज्य बैंकको निक्षेप पनि घटेको छ। वाणिज्य बैंकको ७ अर्बले घटेर ४३ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । फाल्गुण १० गते वाणिज्य बैंकको निक्षेप ४३ खर्ब १३ अर्ब रहेको थियो।








डिसी नेपाल








Facebook Comment