शुक्रबार १ हजारले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
१३ फागुन २०७८ १०:५१
276
Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार प्रति तोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार रुपैयाँले घटेर प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य २० रुपैयाँले घटेको हो।  बिहिबार सुन प्रति तोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८४ हजार २० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ४४ रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.