एमसीसी पारित गर्ने र सरकार नछोड्ने समझदारी

डिसी नेपाल
१३ फागुन २०७८ १३:५७
3.5k
Shares

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसीका कारण धरापमा परेको सत्तागठबन्धनलाई जोगाउन माओवादी केन्द्र र एकीकृत समाजवादीले मध्यमार्गी धार निकालेका छन्। उनीहरुले एमसीसी पारित गर्ने र धरापमा परेको सत्ता गठबन्धन जोगाउने नीति लिएका हुन्।

शुक्रबार विहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको माओवादी नेताहरुको बैठकले गठबन्धन जोगाउन एमसीसी पारित गर्न मध्यमार्गी बाटो अपनाउने निर्णय गरेको हो।

आइतबार संसदमा एमसीसीमाथि छलफल हुने कार्यसूची छ। एमसीसी संसदमा निणयार्थ पेश हुँदा माओवादी र एकीकृत समाजवादीले संसद बैठक बहिष्कार गर्ने र संसदमा उपस्थित संख्याको बहुमतले एमसीसी पारित गर्ने माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति भएको हो। सो समझदारीको जानकारी उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाईसमेत गराइसकेका छन्।

‘अहिले सत्ता गठबन्धन जोगाउनु महत्वपूर्ण विषय हो,’ शिक्षामन्त्रीसमेत रहेका माओवादी नेता देवेन्द्र पौडेलले डिसी नेपालसँग भने, ‘एमसीसीमा हाम्रो धारणा त्यही हो। तर सत्ता गठबन्धन जोगाउने गरी अघि बढ्ने सहमति भएको हो।’

माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग सहकार्यको हात अगाडि बढाएरपछि झस्किएका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनपनि नतोडिने र सरकारबाट पनि नहट्ने गरी नयाँ समझदारी गरेका हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.