प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा वार्ता जारी
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ ।
प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारका अनुसार प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच छलफल जारी रहेको छ । यस अघि नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल र प्रचण्डबीच सिंहदरबारमा भेट भएको थियो ।
शुक्रबार बिहान माओवादी केन्द्रको विस्तारित बैठकले गठबन्धन कायम राखेर एमसीसीलाई निष्कर्षमा पुर्याउने सहमति गरेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment