कम्युनिष्टले अघि बढाएको एमसीसीमा अहिले उनीहरुले नै बखेडा झिकेः सहमहामन्त्री आङ्देम्बे

डिसी नेपाल
१३ फागुन २०७८ २०:०२
60
Shares

धनकुटा । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले कम्युनिष्टहरुले अघि बढाएको अमेरीकी सहयोग परियोजना एमसीसीमा अहिले उनीहरुले नै बखेडा झिकेको बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सहमहामन्त्री आङ्देम्बेले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष बाबुराम भट्टराई र एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री हुँदा आवश्यकता छ भनेर अघि बढाएको एमसीसीमा अहिले बखेडा झिकेको आरोप लगाएका हुन् ।

उनले अघिल्लो सरकारले संसदमा पेस गरेको एमसीसी वर्तमान सरकारले टेबल गरेको बताए । सहमहामन्त्री आङ्देम्बेले कम्युनिष्टले अघि बढाएको एमसीसीलाई अहिले उनीहरुले नै राष्ट्रघाती भन्न थालेको आरोप लगाए। प्रचण्ड र माधव नेपालले संशोधन गर्नुपर्ने बताए पनि कुन बुँदा हो भन्ने देखाउन नसकेको टिप्पणी गरे ।

सहमहामन्त्री आङ्देम्बेले एमालेलाई नेकपा एकीकृत समाजवादीका १४ संसद र सभामुख कसरी हटाउने भन्ने चिन्ता रहेको र माओवादी र नेकपा एकिकृत समाजवादीलाई आगामी निर्वाचनमा पार्टीको आकार र चीनले एमसीसी फेल गराउन दिएको पैसा कसरी पचाउने भन्ने चिन्ता मात्रै रहेको आरोप लगाए। भारतलाई विस्तारवाद र अमेरिकालाई साम्राज्यवाद देख्ने कम्युनिष्ट प्रवृत्तिले एमसीसी पास हुन समस्या आएको उनको भनाई छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.