हामी चीनको पक्षमा छैनौं भन्ने कुरा अमेरिकालाई भन्नुपर्छः पूर्वमन्त्री कार्की
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री राम कार्कीले नेपाल चीनको पक्षमा छैन भन्ने कुरा अमेरिकालाई भन्नुपर्ने बताएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश भएपछि सत्तारुढ गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी विपक्षमा उभिने निर्णय गरेसंगै यो विषय थप पेचिलो बन्दै गएको छ ।
नेता कार्कीले डिसी नेपालको ‘द ब्रिज टक’ कार्यक्रममा बोल्दै भने ‘नेपाली चीनको पक्षमा छैनौँ भन्ने कुरा अमेरिकालाई भन्नुपर्छ र चीनलाई पनि हामी अमेरिकाको पोल्टा जानेवाला छैनौँ भन्नुपर्छ ।
’ उनले अगाडि भने ‘ त्यो भनेको के हो भने हाम्रो देशको सबै दलहरुले अमेरिकासंग तपाँईले दिएको यो एमसीसीको जुन आर्थिक पाटो छ । सहयोगको पाटो हामी स्वीकार्छौँ । तर यसको जुन रणनैतिक र सामरिक पाटो चाहीँ हामी स्वीकार्दैनौँ । त्यो कुरा हामीले अमेरिकासंग भन्नुपर्छ ।’
उनले अगाडि भने ‘जसरी अमेरिका हाम्रो लागि महत्वपूर्ण छ। त्यसरी नै अमेरिकाको लागि नेपाल त्यती नै महत्वपूर्ण छ। किनभने चीनसंग आज अमेरिका प्रतिस्पर्धा गर्दै छ। चीनको संवेदनशील ठाउँहरुलाई उस्ले हेर्दैछ । उसले जहाँबाट हेर्ने कोसिस गरिरहेको छ त्यहाँ त हामी छौँ नि ।
त्यसैले हामीले अब शान्ति क्षेत्रको प्रस्ताव गर्दै अमेरिकांग तपाँईको रणनीतिक कुराहरु हामी बोक्दैनौँ तर आर्थिक सहयोग हामी स्वीकार गछौँ भनेर नेपालका दलहरु जानुपर्छ ।’







डिसी नेपाल








Facebook Comment