लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१५ फागुन २०७८ ९:१४
52
Shares

काठमाडौँ। लुम्बिनी जनरल इन्स्योरेन्सले संस्थापक सेयर बिक्री गर्ने भएको छ।  कम्पनीले एक सूचना जारी गर्दै १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।

बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । लगानीकर्ताले यसको न्युनतम मूल्य २५० रुपैयाँ राखेर बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १० हजार कित्ताको लागि निवेदन दिनु पर्ने कम्पनीले जनाएको छ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौँमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.