उपत्यकामा एकैदिन १३ सय ९६ जना चालकमाथि कारवाही

डिसी नेपाल
१५ फागुन २०७८ ११:४२
652
Shares

काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३९६ जना चालकमाथि कारवाहीग गरेको छ ।

शनिबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ७५ जना, मदिरा पिएर सवारी साधन चलाउने ५७ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५४ जना रहेका छन् ।

यस्तै, रातो बत्तीको उल्लङ्घन गर्ने ४७ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ४० जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २० जना चालकमाथि कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएका छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.