बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

डिसी नेपाल
१५ फागुन २०७८ ११:४३
4
Shares

हेटाैंडा। बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो।

प्रदेशसभा सचिवालयले आज यहाँ सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ। यस्तै आज दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

यही फागुन ४ को सर्वदलीय बैठकपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारका लागि बैठक आह्वान गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.