अभिनेता पल शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरे
काठमाडौं। यौन उत्पीडनको आरोप लागेका र प्रहरीको फरार सूचीमा रहेका अभिनेता पल शाहले आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएर आत्मसमर्पण गरेका छन् ।
आत्मसमर्पण अघि पलले आप्mनो स्वास्थ्य बिग्रिएको, घर व्यवहार मिलाउनु परेको र आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु’ २ रिलिज हुने बेलामा फिल्मलाई नकारात्मक असर नपरोस् भनी आफू केही दिन प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै यसको लागि माफी पनि मागेका थिए । पलले आफ्नो भेरिफाइड फेसबुक पेजमार्फत यस्तो बताएका थिए ।
पलले फेसबुकमा लेखेका थिए ‘नमस्कार सबैमा, मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउछु २’ गत शुक्रबार देखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज ९आइतबार ० नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद ।







डिसी नेपाल








Facebook Comment