ग्लोबल आइएमई लघुवित्तको बोनस पाउन के गर्ने ?
काठमाडौं : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका सेयरधनीले बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै सेयरधनीलाई बोनसमा लाग्ने कर पहिला तिर्न आग्रह गरेको हो ।
साबिक स्पर्श लघुवित्तलाई यस वित्तीय संस्थाले प्राप्ति गरी ग्लोबल आइएमइ लघुवित्तको नामबाट एकिकृत कारोबार भएको मिति २०७८ वैशाख ८ गतेपछि सेयर खरिद गरेका लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो ।
यसको लागि सेयरधनीले ग्लोबल आइएमई बैंकको शाखा कार्यालय, पोखरा न्यूरोडमा रहेको खाता नम्बर १२०१०१००००३७० मा कर वापतको रकम जम्मा गरीदिनु पर्नेछ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment