प्रतिनिधि सभाको बैठक सुरु, आज एमसीसी पारित गर्ने तयारी (लाइभ बैठक)
काठमाडौं। प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्च कम्प्याक्ट (एमसीसी) पारित गर्ने योजना छ । यसअघि प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक लम्बिएकोले बैठक ढिलो गरी सुरु भएको हो ।
कार्यव्यवस्था समितिको बैठक पनि बिहान ११ बजेका लागि बोलाइएकोमा बैठक ढिलो गरी सुरु भएको थियो । दलहरू आन्तरिक छलफलमा व्यस्त रहेकाले समितिको बैठक निर्धारित समयमा बस्न नसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
समितिको बैठक सकिएपछि प्रतिनिधिसभाको बैठक सुरु भएको हो । आजको बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले पेस गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment