एमसीको मतदानमा झलनाथ खनाल सहभागी नहुने

डिसी नेपाल
१५ फागुन २०७८ १८:४४
568
Shares

काठमाडौं । एमसीसी संसदबाट पारित गर्नका लागि आइतबार साँझ साढे ६ बजेपछि प्रतिनिधि सभाको अर्को बैठक बोलाइएको छ । उक्त बैठकमा एमसीसी सम्झौता पारित गर्न मतदान हुनेछ ।

एमसीसीको मतदान प्रकृयामा सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भाग नलिने भएका छन् । उनले मतदान प्रकृयामा आफू सहभागी नहुने बताएका छन् ।

आइतबार नै बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले एमसीसी व्याख्यात्मक टिप्पणीसहित  पारित गर्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.