नेप्सेमा तीन बैंकको बोनस सेयर सूचिकृत, कुन बैंकको कति ?

डिसी नेपाल
१६ फागुन २०७८ ९:१२
344
Shares

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ बैंकको ६ करोड ३३ लाख ३३ हजार ९९५.००४५ कित्ता बोनस सेयर सूचिकृत भएको छ।  सेयर सूचिकृत हुनेमा कृषि विकास बैंक, सिद्धार्थ बैंक र प्राइम कमर्सियल बैंक रहेका छन्।

कृषि विकास बैंकको २ करोड १९ लाख ७९ हजार ८५९.६०४५ कित्ता बोनस सेयर सूचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।

सिद्धार्थ बैंकको १ करोड ५६ लाख २१ हजार २७६.३६ कित्ता बोनस सेयर सूचिकृत भएको हो।  बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।

प्राइम कमर्सियल बैंकको २ करोड ५७ लाख ३२ हजार ८५९.०४ कित्ता बोनस सेयर सूचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.