कांग्रेस महोत्तरी अधिवेशनमा जुट्यो सहमति

डिसी नेपाल
१६ फागुन २०७८ १२:१६
48
Shares

महोत्तरी। कांग्रेस महोत्तरी लामो रस्साकस्सीपछि जिल्ला अधिवेशनको तयारीमा जुटेको छ। केन्द्रीय अधिवेशन भइसक्दापनी प्यानलहरू बीचको आफ्नै अडानले पटक-पटक बिथोलिँदै आएको अधिवेशनमा अन्ततः गर्नेगरी सहमति जुटेको हो।

शेरबहादुर देउवा रामचन्द्र पौडेल र विमलेन्द्र निधि प्यानलबीचमा लामो समयसम्म चलेको तिक्ततामा आत्मसमीक्षा गर्दै लोकतान्त्रिक प्रक्रियाअनुसार अधिवेशन हुने साझा सहमति भएपछि अधिवेशनको बाटो खुला भएको कांग्रेस महोत्तरीले जनाएको छ।

अधिवेशन रोक्न कहिले मतदान अधिकृतको अपहरण त कहिले समूह-समूहबीचमा नै झडपको स्थिति बनेपछि बिथोलिँदै आएको वडा, नगर र क्षेत्रको अधिवेशनसमेत समपन्न भएको छ।

सोही विवाद कै कारण पटक-पटक बिथोलिँदै आएको मनरासिस्वा नगरपालिका-८, वल्वा नगरपालिका र क्षेत्र नम्बर ३ को अधिवेशनसमेत केही दिन अगाडि सम्पन्न भएको छ। योसँगै जिल्ला अधिवेशनको बाटो खुल्ला भएपछि अहिले प्यानलहरू जिल्लामा आफ्नो उम्मेदवारको लागि लविङ गरिरहेका छन्।

मधेश प्रदेशका ठूला चाडपर्व यो बीचमा नै परेको हुनाले १९ फागुनमा जिल्ला अशिवेशनको लागि मनाेनयन दर्ता हुने कांग्रे महोत्तरीले जनाएको छ।

अहिले जिल्लामा देउवा प्यानलवाट दुई जना र पौडेल प्यानलवाट एक जना गरी ३ जनाले जिल्ला सभापतिको लागी उम्मेदवारी घोषणा गरेका छन्।

घोषणा गर्नेहरुमा पौडेल प्यानलवाट बजरङ्ग नेपाली र देउवा प्यानलवाट नागेस्वर यादव, सुशील यादव छन्। अधिवेशनको गृहकार्य अगाडि बढाइए पनि अधिवेशनको मिति भने घोषणा भएको छैन। `सम्भवत: २३ फागुनमा निर्वाचन हुनेछ,´ कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले भने। केन्द्रले यथासक्य अधिवेशन समपन्न गर्न निर्देशन दिएपछि यही महिनाभित्रै अधिवेशन सकाउने कांग्रेस महोत्तरीको तयारी छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.