भारतीय सेनाका लेफ्टिनेन्ट जनरल मुस्ताङ पुगेर फर्किए

डिसी नेपाल
१६ फागुन २०७८ १३:१९
128
Shares

पोखरा। भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणन मुस्ताङ भ्रमण गरेर फर्किएका छन् । सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत मुस्ताङ पुगेका उनको टोली मुक्तिनाथ दर्शन गरेर फर्किएको हो।

भ्रमणमा केही अन्य व्यक्ति समेत थिए । तर, पूरै अनौपचारिक भ्रमण भएको मुस्ताङ प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए । ‘मन्दिर पुगेर टोली फर्किसक्यो । औपचारिक भ्रमण थिएन,’ उनले भने।

अनन्थनारायणन करिब डेढ घण्टाको घुमघामपछि काठमाडौं फर्किएका थिए । पछिल्ला वर्षहरूमा मुस्ताङमा भारतीयहरूले भ्रमणको गन्तव्य बनाइरहेका छन् । चार वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मुक्तिनाथको भ्रमण गरेका थिए । त्यसयता उच्च पदस्थहरूले मुक्तिनाथ रोज्न थालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.