ग्रीन भेन्चर्सको ३१ लाख २५ हजार कित्ता आइपिओ भर्ने म्याद थप, कहिलेसम्म पाइन्छ भर्न ?
काठमाडौँ। ग्रीन भेन्चर्सको ३१ लाख २५ हजार कित्ता आइपिओ भर्ने म्याद थप भएको छ। अव उक्त आइपिओमा फागुन २० गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले फागुन २ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपिओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा ३१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीका लागि खुला गरेको हो ।
ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका–१, २ र ३ तथा लिखु गाउँपालिका–९ र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका – १ र २ तथा उमाकुण्ड गाउँपालिका ७ का आयोजनाबाट असर पर्ने क्षेत्रका बासिन्दाका लागि आइपिओ बिक्री खुला गरिने कम्पनीले जनाएको छ । आयोजना प्रभावित बासिन्दाले उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।
यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट रहेका छन् । स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै लक्ष्मी बैंकको रामेछापको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबीबजार शाखा, मेगा बैंकको मन्थली शाखा, मेगा बैंकको ओखलढुङ्गा जिल्लास्थित खिजिदेम्बा शाखा तथा आयोजना स्थलबाट शेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ्ग कम्पनीलाई ‘केयरनपी–आईआर बीबी’ ग्रेडिङ प्रदान गरिएको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व वहन गर्ने क्षमतामा औसत जोखिममा रहेको बुझिन्छ ।
कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका–१ र ३, तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–७ मा केन्द्र रहेको कूल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु–४ जलविद्युत्‘आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु १२ अर्ब ८ करोड हुने जनाएको छ ।







डिसी नेपाल








Facebook Comment