४३.१० अंकले घट्यो सेयर बजार, सबै उपसुचक राताम्मे

डिसी नेपाल
१६ फागुन २०७८ १५:२५
72
Shares

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ।  सोमबार  परिसूचक ४३.१० अंकले घटेर  दुई हजार ६१०.६० विन्दुमा पुगेको  छ । ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ६.६४ अङ्कले घटेर ५००.२१ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) कूल २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता शेयर खरिदबिक्री हुँदा तीन अर्ब ६६ करोड १ लाखमाथिको कारोबार भएको छ ।

कारोबारका आधारमा अपि पावर कम्पनी अग्रस्थानमा छ । सो कम्पनीको १६ करोड ९ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ सय ९८ रुपैयाँ ९० पैसा कायम भएको छ । त्यसपछि क्रमश : अरुण भ्याली हाइड्रोपावर र  हिमालयन डिस्टिलरीको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

सोमबारको कारोबारमा १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । नेप्सेका अनुसार एनआइसी एशिया ऋणपत्र,सन राइज ब्लु चिप फण्ड र लक्ष्मी इकुति फण्डका लगानीकर्ताले कमाएका छन् भने तेह्रथुम पावर कम्पनी, सिमलिङ्ग पावर कम्पनी र दिव्यश्वरी हाइद्रोपावरका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.