एमसीसी अनुमोदन गरेको विरोधमा राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट बाहिरियो 

डिसी नेपाल
१६ फागुन २०७८ १६:३३
76
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनबाट बाहिरिने निर्र्णय गरेको छ । एमसीसी सम्झौता अनुमोदन गरेपछि उसले सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो ।

सोमबार बसेको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

‘राष्ट्रघाती एमसीसी अनुमोदन गरेपछि आज बसेको पार्टीको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो,’ अध्यक्ष केसीले भने ।

पछिल्लो समय गठबन्धन बैठकमा आफूहरुलाई सहभागी नगराएको गुनासो गर्दै आएको राष्ट्रिय जनमोर्चा अन्ततः गठबन्धनबाट बाहिरिएको हो ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकले एमसीसीबारे व्याख्यात्मक घोषणपत्र जारी एमसीसी सम्झौता अनुमोदन गरेको थियो । तर, यसलाई राष्ट्रघाती कदम भन्दै राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.