हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१७ फागुन २०७८ १०:२६
164
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २५ पैसा बिक्री दर १२० रुपैयाँ ८५ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ८५ पैसा र बिक्री दर १३५ रुपैयाँ ५२ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ १४ पैसा र बिक्री दर १६१ रुपैयाँ ९४ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५४ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७८ पैसा र बिक्री दर ८७ रुपैयाँ २२ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ८७ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४० पैसा र बिक्री दर १० रुपैयाँ ४५६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ सात पैसा र बिक्री दर १९ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया पाँच पैसा र बिक्री दर ३२ रुपैयाँ २१ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ८७ पैसा र बिक्री दर ३३ रुपैयाँ चार पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ र बिक्री दर १० रुपैयाँ पाँच पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.