प्रचण्डको अभिव्यक्तिले नारायणकाजी समूह रुष्ट, अपमान सहेर नबस्ने चेतावनी

डिसी नेपाल
१७ फागुन २०७८ १९:०८
628
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डको अभिव्यक्तिले माओवादी भित्र नारायणकाजी श्रेष्ठ समूह बिच्किएकाे छ। सोमबार नारायणकाजी श्रेष्ठलाई पार्टी छाडेर जान सकिने भन्दै प्रचण्डले चुनौती दिएका थिए।

उनले एमसीसीको बिरोध गरेर कार्यकर्ता सबै आफूतिरै आउछन् भन्ने भ्रममा रहेको भन्दै त्यस्तो लागे जान सकिने बताएका थिए। पार्टी फुटाएर जाँदा बामदेवको जस्तो हालत हुने भन्दै श्रेष्ठलाई कटाक्ष समेत गरेका थिए।

प्रचण्डको उक्त अभिव्यक्तिले श्रेष्ठ निकट समूह असन्तुष्ट रहेको एक नेताले डिसी नेपाललाई बताए । उनका अनुसार श्रेष्ठ समूह अपमान सहेर बस्न नसकिने निष्कर्शमा पुगेको छ। आफूहरु बाहिरिन नखोजेको तर प्रचण्डको आशय त्यस्तै रहेकाले अपमान सहेर बस्न नसकिने निष्कर्श मा पुगेको ति नेताले बताए। उनले भने, ‘अपमान सहेर बस्न सकिँदैन, उहाँको अभिव्यक्ति त्यस्तै देखियो, यस बिषयमा हामी पहिले छलफल गरेर केन्द्रीय कमिटिको बैठकमा राख्छौँ ,त्यसको जवाफको आधारमा आगाडि बढ्छौं।’

आजै श्रेष्ठ रुष्ट रहेको र कुनै अप्रिय निर्णय लिन सक्ने भन्दै प्रचण्ड श्रेष्ठ निवास हात्तीवन पुगेका थिए। ब्याख्यात्मक टिप्पणी सहित एमसीसीलाई सर्मथन गर्नेमाआवादी केन्द्रको निर्णयप्रति श्रेष्ठले असहमति जनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.